गरिमा विकास बैंकको सुर्यविनायक शाखा उद्घाटन
काठमाडौं, १६ बैंशाख । गरिमा विकास बैंक लिमिटेडले भक्तपुर, सुर्यविनायकमा शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कंडेलले गरेका हुन् ।
हाल बैंकले काठमाडौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।