Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल तथा चीनबीचको पारवहन सम्झौताले तोडियो भारतीय बन्दरगाहमाथिको परनिर्भरता

नेपाल तथा चीनबीचको पारवहन सम्झौताले तोडियो भारतीय बन्दरगाहमाथिको परनिर्भरता

काठमाडौं, १७ वैशाख । नेपाल तथा चीनबीच विभिन्न सातवटा  सम्झौतामा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा चिनियाँ समकक्षी सी चिनफिङबी ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठकपछि पारवहन तथा यातायात सम्झौता, आर्थिक तथा प्राविधिक सहयोग सम्झौता लगायतका विषयका सहमतीमा हस्ताक्षर भएको छ  । पारवहन तथा यातायात सम्झौतामा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री ली सियाओपेङले हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई निकै महत्वपूर्ण रूपमा हेरिएको छ । यस समझौता सँगै नेपालको भारतीय बन्दरगाहमाथिको परनिर्भरताको अन्त्य भएको छ । नेपालले चीनका सातवटा बन्दगामा पहुँच पाउने भएको हो । नेपालले चीनको चारवटा समुन्द्री र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ । नेपालले ती बन्दगाहमार्फत चीनतर्फबाट पनि समुद्री पहुँच विस्तार गरेको छ । यसअघि नेपाल चीनबीच भएको तेस्रो परामर्श बैठकमा प्रोटोकलमा सहमति भएको थियो । दुवै देशले अब मन्त्रिपरिषद्बाट प्रोटकोल अनुमोदन गरेर कार्यान्वयनमा जानेछ ।

यस्तै चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाका मर्मत तथा सबलीकरणका लागि अनुदान र सहयोगपत्र हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री ज्ञवाली तथा चिनियाँ वाणिज्यमन्त्री झोङ शानले हस्ताक्षर गरेका छन्  आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषयमा  अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरे र चाइना इन्टरनेशनल डेभलपमेण्ट कोअपरेशन एजेन्सीका वाङ सिआवतावले हस्ताक्षर गरे । भन्सारका विषयमा आपसी प्रशासनिक सहयोगमा सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हस्ताक्षर गरे । नेपाल गुणस्तर विभाग तथा स्ट्याण्डर्ड एण्ड मेट्रोलोजी एण्ड स्ट्याण्डर्डाइजेशन एडमिनिष्ट्रेशन अफ चाइनाबीच सहयोगका सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालका लागि चिनियाँ राजदूत होउले हस्ताक्षर गरेका छन् । सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन, गैरकानूनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको एडमिनिष्ट्रेशन अफ नेशनल कल्चरल हेरिटेजका लियु युझुले हस्ताक्षर गरेका छन्।   

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x