Shangrila

निगम प्रवक्ताबाट किन हटाइए बरिष्ठ क्याप्टेन लामा ?

काठमाडौं,१७ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामालाई निगमकाे प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । नेपाल नागरिक उड्यान प्राधिकरण क्यानको सिफारिसमा लामालाइ निगमको प्रवक्ताबाट हटाइएको हो । उनले संचार माध्यमा दिएको अभिव्याक्ती नै पदबाट हटाइनुको मुख्य कारण रहेको छ ।

लामाले केही साताअघि लामाले सामाजिक सञ्जाल (युट्युबमा) आफू स्ट्रेस, अनिद्रामा काम गर्नुपरेको बताएका थिए। यसका साथै क्याप्टेन लामाले प्राधिकरणले निगमको उडान रद्द गरेको आरोप लगाउँदै अनलाइन टेलिभीजनमार्फत आफू अनिद्रा, थकान र तनावमा काम गरेको सार्वजनिक गरेका थिए।

सामाजिक संजालमा दिइएको उनले दिएको यस अभिव्यक्तिले अन्तर्राष्ट्रिय र देशको नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार हवाई सुरक्षामा आँच आउने सम्भावना देखिएकोले प्रवक्तामा राहिरहन उचिन नहुने प्राधिकरणको निश्कर्ष रहेको छ ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *