Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कुलेश्वर र कोटेश्वरमा एनआईसी एशिया बैंकका शाखा सञ्चालन

कुलेश्वर र कोटेश्वरमा एनआईसी एशिया बैंकका शाखा सञ्चालन

काठमाडौं, १७ बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले काठमाडौं उपत्यकामा थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वर र वडा नं. ३२ कोटेश्वरमा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेको हो ।

कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित के.सी.ले उद्घाटन गरेका हुन् भने वडा नं ३२, कोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलले उद्घाटन गरेका हुन् ।

हाल बैंकले २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर र २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x