नेशनल लाईफ इन्स्योरेन्सको नयाँ शाखा कोहलपुरमा
काठमाडौं, १८ बैशाख । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले कोहलपुरमा शाखा कार्यालय विस्तार गरेको छ। आज बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईले उक्त शाखाको उद्घाटन गरे ।
यो कम्पनीको १०० औं शाखा कार्यालय हो । सो अवसरमा कम्पनीको नयाँ बीमा योजना अमृत श्री नामक अग्रिम भुक्तानी ÷ आजीवन बीमा लेखको पनि शुभारम्भ गरिएको थियो । कार्यक्रममा अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमा प्रतिआम नागरिकको विश्वास बढ्दै गईरहेको जनाउदै नेपालमा बीमाको पहुँच बढेर १८ प्रतिशत जनतामा पुगेको बताए ।