Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

२३ जिल्लामा ९० प्रतिशत आयकर छुटको प्रस्ताव

२३ जिल्लामा ९० प्रतिशत आयकर छुटको प्रस्ताव

काठमाडौं, १९ बैशाख ।  सरकारले अविकसित क्षेत्र तोकिएका २३ जिल्लामा ९० प्रतिशत आयकर छुट दिने ब्यवस्था ल्याउन लागेको छ । औद्योगिक विकासलाई अघि बढाउन  प्रतिनिधिसभामा दर्ता भएको ‘औद्योगिक व्यवसाय सम्बन्धी संशोधन’ विधेयकमा यस्तो ब्यवस्था गरेको हो ।  अति अविकसित क्षेत्र तोकिएका २३ जिल्लामा ९० प्रतिशत आयकर छुट हुने व्यवस्था गरिएको छ भने अविकसित क्षेत्र तोकिएका १८ जिल्लामा ८० प्रतिशत आयकर छुट छ। उद्योग संचालनका लागि ६१ जिल्लालाई तीन भागमा वर्गीकरण गरेर उद्योग सञ्चालन गर्ने व्यवस्था प्रस्ताव गरेको छ।

उत्पादनमूलक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार सुरु गरेको मितिले १० वर्षसम्म आयकर छुट हुने व्यवस्था विधेयकले गरेको छ। एक अर्बभन्दा बढीको पुँजी र पाँच सयजना रोजगारी पाएको भएमा कारोवार भएको पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुटको व्यवस्था गरिएको छ। २०८० चैत महिनासम्म विद्युत् उत्पादन गर्ने आयोजनालाई पहिलो १० वर्षसम्म पूरै आयकर छुट र त्यसपछिको पाँच वर्षसम्म ५० प्रतिशत छुटको व्यवस्था प्रस्ताव गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x