देउवा भन्छन्, नीति कार्यक्रमा मेरो सरकार राखेर वेलायती महारानीको नक्कल गर्न खोजियो !
काठमाडौं,२२ बैशाख । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा छलफल शुरु भएको छ । छलफलमा भागलिंदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले लहलहैमा कार्यक्रमहरु प्रस्ताव गरिएको राष्ट्रपतिलाइ बेलायती महारानी बनाउन खोजिएको बताए । मेरो सरकार भन्न लगाएरु राष्ट्रपतिलाइ अनावश्यक विवादमा तान्ने काम भएको उनको भनाइ छ ।
यस्तै देउवाले आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस लिन खोजेको भन्दै युवा वैज्ञानिकलाइ प्रोत्साहन गर्न ल्याइएको स्याटलाइट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएको भन्दै यो सरकारले आफैंले अन्तरिक्षमा पठाएको जस्तो दाबी गरे ।
भारत र चीन जोड्ने रेल रणनीतिक महत्वको भएको भन्दै अनुदानमा मात्र बन्नुपर्ने जोड दिए । यस्तै राजपा नेता राजेन्द्र महतोले नीति कार्यक्रमले संविधानको सर्व स्वीकार्यता भइसको भनि लेखेकोमा आपत्ति जनाए । संसदमा महतोले भने, कहाँ छ ? सर्व स्वीकार्यता यो त लेख्दिनु भएन नी ।
यसैगरी छलफलमा भाग लिँदै सत्तापक्ष संसदहरुद्ये समेत नीति कार्यक्रमका कति पय बुद्धामा फरक फरक टिक्काटिप्पणी गरे छलफलमा भाग लिँदै सांसदहरुले आवश्यक र वास्तविक कार्यक्रम राखेर संसोधन गरेर पास गर्न माग गरे । नीति तथा कार्यक्रमको छलफलमा प्रतिपक्षको विरोधै विरोध थियो भने संसत्ता पक्षका कतिपय सांसदहरु वचाउमा उत्रनु भएको थियो ।
सरकारको २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममा एकल र संयुक्त गरी ६ वटा संसोधन प्रस्ताव परेको छ ।