प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कैलालीको हसनपुरमा
काठमाडौं, २२ बैशाख । प्रभु बैंक लिमिटेडले कैलालीको हसनपुरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ५, हसनपुरस्थित गोवर ग्याँस चोकमा बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
काउण्टरको उद्घाटन श्रम तथा रोजगार कार्यालयका प्रमुख कृष्णनन्द जोशीले गरेका हुन् । उक्त काउण्टर सञ्चालनमा आएसँगै धनगढी स्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधी बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुने बैंकको दावी छ ।