कामना सेवा बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं, २२ बैशाख । कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ८३ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा इन्स्योरेन्सका जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ । हाल बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा र ३७ वटा एटीएम मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।