Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, २२ बैशाख । साताको पहिलो कारोबार आइतबार (आज) सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.७१ अंकले घटेर १२७७.६८ विन्दुमा बन्द भएको छ।

आज १ सय ७५ कम्पनीको २३ लाख १२ हजार ५३० सेयर किनबेच हुँदा ६५ करोड ३ लाख ७८ हजार ४५४ रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । बैंकको ६ करोड २८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै, सबैभन्दा बढी कमाउँनेमा मल्टिपर्पाेज फाईनान्स कम्पनी लिमिटेड रहेको छ । उक्त कम्पनीको प्रतिसेयर मूल्य १५ अंकले बढेको छ । त्यस्तै सबैभन्दा बढी गुमाउँनेमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । उक्त कम्पनीको प्रतिसेयर मूल्य ४४ अंकले घटेको छ ।

नेप्सेमा सूचिकृत समूह मध्ये उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक वढेको छ भने बाँकी सबै समुहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन समुहको परिसूचक ०.९६ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूहको परिसूचक ०.१६ प्रतिशतले मात्र वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x