सेयर बजारमा २१.७३ अंकको बृद्धि, परिसूचक १२९९ को बिन्दुमा
काठमाडौं, २३ बैशाख । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचकमा सुधार आएको छ। हिजो १६.७१ अंकले घटेको बजार आज भने २१.७३ अंकले बढेर १२९९.४१ को बिन्दुमा उक्लिएको छ ।
आज कारोबारमा आएका मध्ये अन्य बाहेक बाँकी सबै समुहको परिसूचक बढेको छ । अन्य समुहको परिसूचक पनि ०.८५ अंकले मात्र घटेको छ । सबैभन्दा जीवन बीमा समुहको परिसूचक ७५.६९ अंकले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको ७३.३६, बैंकिङ्ग २९.६१, होटल १९.८४, विकास बैंक १५.८६ अंकले बढेको छ ।
त्यस्तै कारोबार पनि १ सय ७२ कम्पनीको ६३ करोड ३६ लाख रुपैयाँ भन्दा माथिको भएको छ। त्यसमा सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड९४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा धेरै साल्ट ट्रेडिङ्ग कर्पोरेशनका लगानीकर्ताले कमाएका छन् भने पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।