Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सोमबार नेप्सेमा झिनो अंकले वृद्धि, सेयर बजार १३ सय भन्दा माथि

सोमबार नेप्सेमा झिनो अंकले वृद्धि, सेयर बजार १३ सय भन्दा माथि

काठमाडौं, २४ बैशाख । साताको दोस्रो कारोबार सोमबार (आज) सेयर बजारमा झिनो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १.८७ अंकले वृद्धि हुँदा बजार १३०१.२८ विन्दुमा पुगेको हो ।

१ सय ७६ कम्पनीको २५ लाख २० हजार ७९० सेयर खरिद विक्री हुँदा ७२ करोड ८८ लाख २८ हजार ७४५ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको भएको छ । जसको ५ करोड ९९ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार कारोबार भएको हो ।

सबैभन्दा बढी हिमालयन डिस्टिलरी कम्पनीका सेयरकर्ताहरुले कमाएका छन् भने सबैभन्दा बढी गुमाउँनेमा पाँचथर पावर कम्पनी लिमिटेडका सेयरकर्ता रहेका छन् । नेप्सेमा सूचिकृत समूहहरुमध्ये दुई समूहको परिसूचक घटेको छ । परिसूचक घट्नेमा बैंकिङ्ग समूह र फाईनान्स समूह रहेका छन् । बैंकिङ्ग समूहको परिसूचक ०.२२ प्रतिशतले घटेको छ भने फाईनान्स समूहको परिसूचक ०.३१ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x