Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

व्यावसायीहरुद्वारा विद्युतमा अतिरिक्त शूल्क हटाउँन माग

व्यावसायीहरुद्वारा विद्युतमा अतिरिक्त शूल्क हटाउँन माग

काठमाडौं, २४ बैशाख । उद्योग व्यवसायीहरुले विद्युतमा अतिरिक्त शूल्क नलागाउँन सरकारसँग माग गरेका छन् । आज काठमाडौंमा पत्रकारसम्मेलन गरि नेपाल विद्युत प्राधिकरणले अतिरिक्त शूल्क लागाएको भन्दै त्यसलाई हटाउँन सरकारसँग माग गरेका हुन् ।

प्राधिकरणका डेडिकेडेट लाईन र टं«क लाईनवाट विद्यूत सेवा लिने उद्योग, पर्यटकीय होटल व्यवसाय र गैरव्यापारीक वर्गका ग्राहकहरुले विद्युत खपत गरे वापत मासिक सेवा शुल्क, डिमान्ड शुल्क र ईनर्जि शुल्क वुझाउनु पर्ने वाध्यता भएकोले त्यस्तो व्यवस्था हटाउँनु पर्ने उनीहरुको माग छ ।

यस्ता शूल्कहरुले उद्योगीहरु प्रत्यक्ष मारमा पर्ने भन्दै उनीहरुले प्राधिकरणका स्थानीय वितरण तथा ग्राहक सेवा केन्द्रहरुले विभिन्न उद्योग, कलकारखाना र व्यवसायिक प्रतिस्ठानलाई काटेको पत्र प्रति पनि ध्यानाकर्षण गराएका छन् ।

सरकारले यो विषयमा चाँडोभन्दा चाँडो निर्णय गरेर व्यवसायीहरुलाई व्यवसायमा सहजता प्रदान गर्न उनीहरुको माग छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x