Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनएमबि बैंकले उद्धमी युवालाई १० लाखसम्म सहुलियत ऋण दिने

एनएमबि बैंकले उद्धमी युवालाई १० लाखसम्म सहुलियत ऋण दिने

काठमाडौं, २४ बैंशाख । एनएमबि बैंक लिमिटेडद्वारा बैदेशिक रोजगारबाट फर्किएका उद्धमी युवाहरुलाई प्रति व्यक्ति १० लाख रुपैयाँसम्मको ऋण दिने त्रिपक्षीय सम्झौता भएको छ ।

युवाहरुलाई सहुलियत ऋण उपलब्ध गराउँन बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता भएसँगै अब बैदेशिक रोजगारबाट फर्किएका युवाहरुले युवा परिषद् र रिटर्नी माइग्रेन्टको सहयोगमा बैंकबाट सहुलियत ऋण प्राप्त गर्न सक्ने छन् । बैंकले उपलब्ध गराउँने ऋणको अवधी ५ वर्षको हुनेछ भने व्याजदर अन्य व्याजदर भन्दा न्यून हुने बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।

बैंकले हाल १ हजार जना युवाहरुलाई १० लाख रुपैयाँको दरले सहुलियत ऋण उपलब्ध गराउँने छ । यसको लागि रिटर्नी माइग्रेन्ट र युवा परिषद्मा निवेदन परेका युवाहरुबाट छनोट गरिने छ ।
छनोट भएका युवाहरुलाई उनीहरुले ल्याएको परियोजना अनुसार तालिमको पनि व्यवस्था गर्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x