Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

राष्ट्रिय वाणिज्य बैंकले स्वच्छ एवं शुद्ध खानेपानी परियोजनामा लगानी गर्ने

राष्ट्रिय वाणिज्य बैंकले स्वच्छ एवं शुद्ध खानेपानी परियोजनामा लगानी गर्ने

काठमाडौं, २६ बैशाख । राष्ट्रिय वाणिज्य बैंकले सहुलियत कर्जा अन्तर्गत स्वच्छ एवं शुद्ध खानेपानी परियोजनामा लगानी गर्ने भएको छ । बैंकले दक्षिण एशियाली महिला विकास मञ्च र टाटा परियोजना बीच महिला उद्यमशिलताको लागि सुलभ मूल्यमा स्वच्छ एवं शुद्ध खानेपानी परियोजना संचालन गर्ने गरि सम्झौता गरेको हो ।

यस परियोजनामा फेडेरेसन अफ वुमेन इन्टरप्रेनर्स एशोशिएसन अफ नेपाल, मनुसी लघुबित्त संस्था, फेडेरेसन अफ बिजनेस एण्ड प्रोफेसनल वुमेन नेपाल, फेडेरेसन अफ नेपाल कटेज एण्ड स्मल इन्डस्ट्रीजस् सहयोगी पार्टनर संस्थाको रुपमा रहेका छन् । सम्झौता पछि टाटा परियोजनाले उपलब्ध गराएको १५ लाख रुपैयाँ सम्म पर्ने खानेपानी प्रशोधन गर्ने मेसिनमा बैंकले सहुलियत दरको महिला उद्यमशिलता कर्जा अन्तर्गत १.६ प्रतिशत ब्याजदरमा ८० प्रतिशत सम्म कर्जा लगानी गर्ने छ । हाल पाइलट परियोजनाको रुपमा काभ्रे जिल्लाको नाला र पनौती क्षेत्रमा परियोजना लागु गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x