कामना सेवा बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, २६ बैशाख । कामना सेवा विकास बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता भएसँगै यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ८३ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्सका जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकले देशका विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा एटीएम मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *