Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कुमारी बैंकले २१.२५ प्रतिशत बोनस सेयर दिने

कुमारी बैंकले २१.२५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २६ बैशाख । कुमारी बैंक लिमिटेडले सेयरधनीहरुलाई २१.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको राजधानीमा आज सम्पन्न सत्रौ र अठारौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७३÷०७४ को चुक्ता पुँजीको १२.७५ प्रतिशत र २०७४÷०७५ को ८.५ प्रतिशत गरि कुल २१.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसबाहेक साधारण सभाले कुनै बैंक तथा वित्तिय संस्था एक आपसरमा गाभ्ने÷गाभिने तथा प्राप्तीका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

त्यस्तै, बैंकले चालु आर्थिक वर्षको ९ महिनामा एक अर्व रुपैयाँ भन्दा बढी नाफा कमाउन सफल भएको छ भने यो अवधीमा ६९ अर्व रुपैयाँ निक्षेप संकलन गरि ७२ अर्व रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ। कर्जा विस्तारमा आक्रमक देखिएको बैंकको पुँजीकोषको अनुपात १२.७३ प्रतिशत रहेको छ भने खराव कर्जा १.४१ प्रतिशत रहेको छ ।

हाल बैंकले काठमाडौं उपत्यकामा २४ र उपत्यकाबाहिर ६५ गरि जम्मा ८९ शाखा कार्यालय, ८३ एटिएम र २ एक्सटेन्सन काउन्टर मार्फत वित्तिय सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x