Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रिमियर इन्स्योरेन्सको एफपीओ पुस १६ बाट, प्रतिकित्ता ७९९ रुपियाँ

प्रिमियर इन्स्योरेन्सको एफपीओ पुस १६ बाट, प्रतिकित्ता ७९९ रुपियाँ

काठमाडौं, ६ पौष । प्रिमियर ईन्स्योरेन्सले पुस १६ गतेदेखि साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) खुला गरेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता बिक्री गर्न लागेको हो । सो परिमाणमा शेयर निष्काशन गरेपछि कम्पनीमा संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम हुनेछ ।
कम्पनीको एफपीओ पुस १६ गतेदेखि पुस १९ गतेसम्म खुला गरिएको हो । आवेदकले न्यूनतम दश कितादेखि अधिकतम ३ हजार २९० कितासम्म आवेदन दिन सक्नेछन् । एफपीओको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको जगेडाकोषमा ४६ करोड १० लाख रुपैयाँ जम्मा हुनेछ ।
कम्पनीले गत बर्ष १८ करोड खुद नाफा गरी ४० रुपैयाँ प्रतिसेयर आम्दानी गरेको थियो । हाल दोस्रो बजारमा यो कम्पनीको सेयर १५३५ रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x