Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

विनियोजन विध्येयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल आजपनि जारी रहने

विनियोजन विध्येयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल आजपनि जारी  रहने

काठमाडौं,३० बैशाख । अर्थ मन्त्री युवराज खतिवडाले पेस गरेको  विनियोजन विध्येयकका सिद्धान्त र प्राथमिकताका वारेमा प्रतिनिधिसभामा छलफल आजपनि  छलफल जारी छ । विगत केहि दिनदेखि जारी बजेटको प्राथामिकतामाथिको छलफलमा औद्योगिक वातावरण निर्माण र उत्पादन अभिवृद्ध गर्ने तथा बजेट केन्द्रिग गर्नुपर्नेमा जोड दिएका छन् ।  बजेटको प्राथामिकता र उदेश्य राम्रा भएपनि कार्यान्वयन पक्ष फितलो रहेको संसदको भनाई रहेको छ ।

छलफलमा भाग लिँदै भुतपुर्व प्रधानमन्त्री डाक्टर वावुराम भट्टराइले राम्रा उदेश्य सहितका सिद्धान्त र प्राथमिकता आएको भएपनि त्यसलाइ प्राथमिकिकरण गर्न नसकेको भनी टिप्पणी गरे । सरकारलाइ सुझाउ दिदै डाक्टर भट्टराइले भौगोलिक क्षेत्रगत र विषयगत रुपमा ठोस प्राथमिकिकरण गर्न आग्रह गरे ।

आर्थिक विकासमा फड्को मार्न कृषिको औद्योगिकरण गरी सेवा क्षेत्रलाई ध्यान तुलनात्मक लाभ भएका तर्फ आग्रह गर्दै  लगानी गरेर त्यहाँवाट हुने लाभले पिछडिएका क्षेत्र तथा वर्गलाइ टेवा दिनु पर्ने उनिहरुको भनाइ ।

पुर्वअर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले सरकारले दिएको सिद्धान्त र प्राथमिकता तथ्याङ्कपरक भन्दा पनि मनगढन्ते विषयहरुले भरिएको भनी टिप्पणी गरे ।  त्पस्तै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सवै उत्पादन गरेर आर्थिक समृद्धि खोज्नु उचित नहुने हुनाले खास खास वस्तुको उत्पादनमा विशिष्टिकरण गरेर लाभ लिने योजना ल्याउनु पर्ने जोढ दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x