Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निर्माण कम्पनीले भुक्तानी नपाउँदा रोकियो गौतम बुद्ध विमानस्थलको निर्माण कार्य

निर्माण कम्पनीले भुक्तानी नपाउँदा रोकियो गौतम बुद्ध विमानस्थलको निर्माण कार्य

काठमाडौं ३० बैशाख । आगामी असार साउनबाट परिक्षण उडान गर्ने भनिएको  गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माणकार्य रोकिएको छ। विमानस्थलको निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कामको भुक्तानी नपाएपछि विमानस्थलको निर्माणकार्य रोकिएको हो।  रकम अभावका कारण ठेकेदारले पेट्रोलियम पदार्थ खरिद गर्न नसकेपछि काम रोकेको बताइएको छ। विमानस्थलको धावनमार्ग पीचका लागि दैनिक २० लाख रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आवश्यक  पर्छ ।

सम्पन्न भएको कामको भुक्तानीका लागि आयोजनाले पटक–पटक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ताकेता गर्दै आएपनि कुनै सुनुवाई नभएको र  मन्त्रालयले एडिबीलाई पठाउनु पर्ने फाइल नपठाउँदा एडिबीबाट रकम आउन नसकेको आयोजनका प्रमुख प्रवल अधिकारीले बताए । जसका कारण पनि आयोजना अन्योलमा परेको छ। विमानस्थल निर्माणका लागि चाहिने नदीजन्य पदार्थको आपूर्ती ठप्प भएको वेला निर्माण कम्पनीले समेत भुक्तानी नपाएपछि निर्माणकार्य प्रभावित भएको छ । ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि विमानस्थलको मुटु मानिने धावनमार्गको निर्माणकार्य अलपत्र अवस्थामा पुगेको अधिकारीले जानकारी दिए ।  एडिबीले आयोजनालाई १० करोड बढी रुपैयाँ भुक्तानी दिनुपर्ने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x