सनराइज बैंक र बैक अफ चाइना बीच सम्झौता
काठमाडौं,३१ बैशाख । सनराइज बैंक र बैक अफ चाइना, गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्झौता भएको छ । सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य तथा बैंक अफ चाइना गान्सु शाखाका नायब महाप्रवन्धक श्री वाङ्ग झेजुनले हस्ताक्षर गरेका छन् । समझौता अनुशार नेपाल तथा चीनका प्रतिष्ठित यी दुई बैंकहरु बीच आपसी सहयोग, समानता तथा दुईपक्षिय हितका कार्यहरु अघि बढाउने भएका छन ।
कार्यक्रममा गान्सु प्रान्तका गभर्नर श्री टाङ्ग रेनजियान, कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री श्री चक्रपाणी खनाल, प्रदेश नं. ३ मुख्य मन्त्री श्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर श्री विद्या सुन्दर शाक्यको समेत उपस्थिति रहेको थियो ।
सम्झौताले विद्यमान नियम र कानूनको परिधिभित्र रहि सिद्धान्त र आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय व्यापारको लागि बैंकहरु बीच आवश्यक पर्ने अन्तर सम्बन्ध कायम गर्ने, सन्राइज बैंक लि.को यस अघि नै बैंक अफ चाइना सांघाई शाखामा रहेको खाता मार्फत अन्तर्राष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात ब्यापारमा संलग्न ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्न बाटो खुला गरेको छ ।साथै, दुई बैंक बिच आपसि कारोबारको निमित्त नियमित सम्पर्कमा रहन एक छुटै संयुक्त कार्यटोलि बनाउने पनि सहमति भएको छ ।