नेपालमा लगानीका लागि प्रधानमन्त्री ओलीको आग्रह 

काठमाडौं, १ जेष्ठ । प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा लगानीको बातावरण बनेको भन्दै लगानीका लागि आग्रह गरेका छन् । नेपाल–कम्बोडिया व्यवसाय मञ्चलाई सम्बोधन गर्दै नेपालमा राजनीतिक स्थिरता प्राप्त भएकाले नीतिमा स्थायित्व र एकरुपता भएको भन्दै लगानीका लागि आग्रह गरेका हुन ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उपयुक्त लगानी वातावरणका लागि नीतिगत स्थिरता, स्पष्ट नियामक ढाँचा, विधि र प्रक्रियामा सरलता, बजारको उपलब्धता र पहुँच तथा आकर्षक प्रोत्साहनजस्ता प्रावधान रहेको जानकारी गराए । 

संवोधनको क्रमममा नेपाल सार्क र बिम्स्टेकजस्ता दुई ठूला क्षेत्रीय सङ्गठनको सक्रिय सदस्य रहेको र अल्पविकसित मुलुक हुनाको नाताले क्षेत्रीय बजार पहुँचका लागि केही निश्चित फाइदा रहेको बताए । नेपालका सवै क्षेत्र लगानीका लागि उर्भर रहेको भन्दै ढुक्क भएर लागानी गर्न ब्यवसायीहरुलाइ प्रधानमन्त्रीको आग्रह थियो ।

उनले बौद्धमार्गी भएको नाताले कम्बोडियालीले शाक्यमुनि गौतमबुद्धको जन्मस्थल र बौद्धदर्शनको मुहान लुम्बिनीमा भ्रमण गर्न सक्ने औँल्याउँदै  सोही स्थलमा अन्तर्राष्ट्रिय वैशाख दिवस मनाउन सम्बन्धित निकायहरुमा परामर्श गरिने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *