Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुरु भयो ‘नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ’

सुरु भयो ‘नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ’

काठमाडौं, १ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ सुरु भएको छ । भारतीय राजदूतावास र फ्रेन्चाइज इन्डियासँगको सहकार्यमा महासंघले होटल याक एन्ड यतिमा कन्क्लेभ आयोजना गरेको हो ।

सम्मेलनमा नेपाल र भारत सहित विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका ६० वटा स्टल रहेको छ । सम्मेलनको पहिलो दिन बुधबार एक्स्पोसहित विभिन्न विषयमा छलफल जारी छ ।

विशेषगरी नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलता प्रवद्र्धनमार्फत विभिन्न ब्रान्डमा लगानीको अवसर सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । दुई दिनसम्म आयोजना हुने सम्मेलनको उद्घाटन भने भोली गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x