Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

२५६३ औं बुद्ध जयन्ती, लुम्विनी भ्रमण बर्ष सफल बनाउन विशेष कार्यक्रम आयोजना

२५६३ औं  बुद्ध जयन्ती, लुम्विनी भ्रमण बर्ष सफल बनाउन विशेष कार्यक्रम आयोजना

काठमाडौं,४ जेठ । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती । प्रदेश नम्बर पाँचले घोषणा गरेको लुम्विनि भ्रमण बर्ष २०७६ सफल बनाउन र यसलाइ अभियानको रुपमा अघि बढाउन आज बुद्ध जन्म स्थल लुम्विनीमा विशेष कार्यक्रम गरी २५६३ औं   बुद्ध जयन्ती मनाइँदै छ।  गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति भएको त्रिसंयोग परेको दिनको रूपमा बुद्धको जन्म स्थल लुम्विनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री लगायत देशी विदेशी पाउनाहरु पुगिसेका छन् । विशेष कार्यक्रमका बीच राष्ट्रपतिले लुम्विनी भ्रमण बर्षकाे औपचारीक घोषणा गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश ५ काे सरकराले यस बर्ष २० लाख पर्यटन भित्राउने लक्ष्य राखेको छ । लुम्विनीमा बर्षिक १४ लाख भन्दा बढी अन्तरिक तथा वाय पर्यटकले भ्रमण गर्ने गर्दछन् । जस मध्ये भारत वाहेक वाहिरि मुलुकबाट डेढलाखा र भारत र अन्तरिक पर्यटक गरी १२ लाख बढी पर्यटक लुम्विनी पुग्ने गर्दछन् ।

लुम्विनी विकासका लागि अघि सारिएको लुम्विनी विकास गुरुयोजनमा भने विगत ४१ बर्ष देखि अधुरै रहेको छ । पुर्वाधार निर्माणमा सरकार र लुम्विनीविकास कोषका उदासिनता कारण यो योजमा बिचमै अलपत्र परेको हो । योजनाले लम्विनीसँगै कपिलवस्तु र नवलपारासिका वुद्ध स्थलहरु समेटने भिनिएपनि लुम्विनी बहेक ति स्थानहरु अझै ओझेलमा रहेका छन् ।

हालको लुम्बिनी क्षेत्रमा इसापूर्व ५६३ अर्थात् करिब दुई हजार ६०० वर्षअघि राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मेका थिए। सुरुमा उनको नाम सिद्धार्थ राखिएको थियो। उनी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए। ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा सिद्धार्थलाई भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो। यसपछि उनले बुद्धका रूपमा विश्वभर प्रसिद्धि पाए।

गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन्। यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन्। बुद्धलाई शान्तिका अग्रदूत, एसियाका ज्योतिलगायत उपमा दिने गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x