Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

एशियन लाईफको नयाँ वीमा योजना, वार्षिक वीमा शुल्क २२३ रुपैयाँ

एशियन लाईफको नयाँ वीमा योजना, वार्षिक वीमा शुल्क २२३ रुपैयाँ

काठमाडौं, ६ पौष । न्युन आय भएकाहरुलाई लक्षित गरि एशियन लाईफ इन्स्योरेन्सले जन कल्याण (म्यादी) जीवन वीमा योजना ल्याएको छ । यस योजना अन्तगर्त १६ वर्षको बीमितले दैनिक १ रुपैयाँ भन्दा पनि कम बचत गरेर अर्थात् वार्षिक २२३ रुपैयाँ भुक्तान गरी १ लाख ५० हजार रुपैयाँसम्मको जीवन बीमा सुरक्षा प्राप्त गर्न सकिने कम्पनीको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस योजनामा १६ वर्ष देखी ६४ वर्षसम्मका वीमितहरुले सहभागीता जनाउन सकिने कम्पनीले बताएको छ । कम्पनीले ल्याएको यस वीमा योजनाको वीमा शुल्कको अवधि नियमित बीमाशुल्क भुक्तानीमा ५ देखि १५ वर्षसम्म र एकल बीमाशुल्क भुक्तानीमा १ देखि १५ वर्षसम्म रहने छ । योजना अन्तर्गत वीमितहरुले त्रैमासिक, अर्ध त्रैमासिक वा वार्षिकरुपमा वीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

बीमा अवधीभित्र जुनसुकै कारणबाट बीमितको मृत्यु भएमा इच्छ्याएको व्यक्तिलाई क्षतिपूर्तीवापत १ लाख ५० हजार रुपैयाँ र दाह संस्कार खर्च वापत १० हजार रुपैयाँ कम्पनीले प्रदान गर्ने जनाएको छ । यस्तै वीमितले नियमित तथा एकल बीमाशुल्क भुक्तानीको विकल्प रोज्न सक्ने छन् भने ऐच्छिक सुविधा स्वरुप दोहोरो दुर्घटना लाभको व्यवस्था रहेको कम्पनीले बताएको छ ।

एशियन लाईफ इन्स्योरेन्सले १६ वटा जीवन बिमा योजनाहरु संचालनमा ल्याएको छ । हाल यस कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखाहरुबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा पु¥याउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x