Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेप्से घटेपनि सेयर खरिदमा लगानीकर्ता आकर्षित, एक अर्व बढीको कारोबार

नेप्से घटेपनि सेयर खरिदमा लगानीकर्ता आकर्षित, एक अर्व बढीको कारोबार

काठमाडौं, ५ जेठ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा निकै उत्तार चढावका बीच सामान्य अंकले गिरावट आएको छ । नेप्से सूचक १.८७ अंकले घटेर १३१६.८४ बिन्दुमा बन्द भएको छ।

बजार घटेपनि १ सय ७२ कम्पनीको एक अर्व रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। सो दिन सबैभन्दा धेरै नेपाल बैंकको २२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने बिशाल बजार कम्पनीको लगानीकर्ताले धेरै गुमाउनेमा परेका छन् । बजारमा सुस्तता आएपनि कारोबार रकममा भने बृद्धि हुनु लगानीकर्ता पुँजी बजारप्रति थप आकर्षित भएको संकेत हो ।

विकास बैंक, हाइड्रो, विकास बैंक, म्युचुअल फन्ड, उत्पादन तथा प्रशोधन र अन्य समूहको उपसूचक बढेको छ । बैंकिङ, व्यापार, होटल, माइक्रोफाइनान्स, जीवन र निर्जीवन बीमा कम्पनीहरुको उपसूचकमा भने गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x