Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लेखापरीक्षणलाई थप प्रभावकारी बनाउन ‘नागरिक लेखापरीक्षकको अवधारणा ’, सार्वजनिक सम्पतिको संरक्षणमा स्थानीय जिम्मेवार बन्ने विश्वास

लेखापरीक्षणलाई थप प्रभावकारी बनाउन ‘नागरिक लेखापरीक्षकको अवधारणा ’, सार्वजनिक सम्पतिको संरक्षणमा स्थानीय जिम्मेवार बन्ने विश्वास

काठमाडौं, ५ जेठ । महालेखापरीक्षक टंकमणि शर्माले प्रशासनिक पारदर्शीता कायम गर्न कार्यमुलक लेखापरीक्षणमा नागरिक सहभागिताको खाँचो रहेको बताएका छन् । महालेखापरीक्षकको कार्यालयले हेल्भेटान्स र स्काई समाज नेपालसँगको सहकार्यमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले पछिल्लो समय सार्वजनिक सम्पतिको दुरुपयोग बढ्दै गएको बेलामा लेखापरीक्षणमा नागरिक सहभागिता बढाउन आवश्यक रहेको बताएका हुन ।

शर्माले गत आर्थिक वर्षमा राष्ट्रपति कार्यालयदेखि सरकारी कार्यालय तथा मन्त्रालय लगायत ६ हजार ६ सय ४४ संस्थाको लेखापरीक्षण गरिएको र यस वर्ष करिब १० हजार निकायको लेखापरीक्षण गर्नुपर्ने बताए । उनले भने–‘सार्वजनिक सम्पति सबैको सम्पति हो । यसमा सरकारी निकायले मात्र केही गर्न सक्दैन । यसलाई प्रभवकारी बनाउँन नागरिको महत्वपूर्ण भुमिका हुन्छ । नागरिक समाजलाई हामीले जाड दिएर यो कार्यमा सहभागिता गराएका हौं ।’ नागरिकको सहभागिताले लेखापरीक्षणमा हुने अनियमिततामा पारदर्शीता आउँने उनको भनाई छ ।

त्यस्तै कार्यक्रममा नायव महालेखापरीक्षक दामोदर पुडासैनीले सार्वजनिक सम्पतिको संरक्षण गर्न स्थानीयलाई जिम्मेवार बनाउन नागरिक लेखापरीक्षक प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

विज्ञहरु रिचार्ड एलेन, शेषरमण न्यौपाने, अञ्जली थकाली, प्रभाकर पण्डित, प्रतिभा कार्की, रोजी वाग्ले लगायतले कार्यपत्र प्रस्तुत गर्दै लेखापरीक्षणमा थप पारदर्शीता कायम गर्न धेरै भन्दा धेरै नागरिक समाजका प्रतिनिधिहरुलाई सहभागी गराउनुपर्नेमा जोड दिए ।

महालेखापरीक्षकको कार्यालयले यस अघि रुपन्देही, मकवानपुर, बाँके, कैलाली र मोरङमा २ सय ६६ जना नागरिक लेखापरीक्षक तयार गरेकोे जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x