Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सहित १० जनाविरुद्ध मुद्दा दायर

नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध आइतबार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिहरूविरूद्ध विशेष अदालत काठमाडौंमा २० लाख २४ हजार बिगो दाबीसहित मुद्दा दायर गरेको हो।

अख्तियारले भ्रष्टाचारमा भन्सार अधिकृत बटुकृष्ण अधिकारी, जाँचकी नासु बसन्तकुमार सुवेदीलाई प्रतिवादी बनाएको छ। नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजस्व छली गरेको आरोपमा उनीहरू विरुद्ध मुद्दा चलाएको अख्तियारएव प्रेस विज्ञाप्ति मार्फत जनाएको छ । उनीहरूविरुद्ध ४ वर्षसम्मको कैद र विगो बमोजिमको जरिवानाको माग दाबी गरिएको छ। राजस्व अनुसन्धान विभागका नायव सुब्बा देवीबहादुर थापाविरुद्ध राजस्व छली तथा चुहावटका कार्यरको सूचना तथा सुराकीका आधारमा अनुगमन तथा अनुसन्धान गरी प्रचलित कानुन बमोजिम कारबाहीमा सघाउ पुग्ने गरी जिम्मेवारी निर्वाह गर्नुपर्नेमा बदनियतसाथ सरकारलाई हानिनोक्सानी तथा सामानधनीलाई फाइदा पुर्‍याएको आरोप मुद्दा हालिएको छ।

यस्तै नियम तथा कार्यविधि उल्लंघन हुने गरी प्रचलित कानुनद्वारा निषेधित तवरबाट कर्मचारी समेतको मिलेमतोमा राजस्व छली गरी सरकारलाई हानीनोक्सानी पुर्‍याउने कार्य गर्ने भन्सार एजेण्ट दिनेश कुमार बानिया, वनवोरी माता ट्रेडर्सका सञ्चालक रविन्द्र गुप्ता, वनवोरी माता ट्रेडर्सका लागि काम गर्ने वीरेन्द्र गुप्ता, हिमालयन कार्गोको संचालिका मधुकुमारी चौधरी, हिमालयन कार्गोको लागि काम गर्ने विनोद कुमार गुप्ता र राहुलकुमार गुप्ताविरुद्ध मुद्दा हालिएको छ। उनीहरूविरुद्ध २ वर्षसम्म कैद र विगो बमोजिमको जरिवाना माग गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x