Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

डिजिटल नेपाल अभियान- मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर

डिजिटल नेपाल अभियान- मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर

काठमाडौं, ६ जेठ । सरकारले डिजिटल नेपाल अभियान अन्तर्गत हरेक स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ अप्टिकल फाइबर बिछ्याउने कार्य शुरू गरेको  छ । डिजिटल पूर्वाधार समृद्धिको आधार, हाम्रो प्रयास सूचना प्रविधिको विस्तार ” भन्ने नारा सहित डिजिटल नेपाल अभियानको औपचारिक सुरुवात मध्यपहाडी लोकमार्गबाट गरिदै छ । डिजटल नेपाल अभियान
योजना साकार पर्न महत्वपूर्ण मानिएको यस अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष कार्यक्रमका बीच मध्यपाहडी लोकमार्गको धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट दिउँसो १ बजे उद्घान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि आजै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ।

टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउने बताएको छ। यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर पहिलो चारणमा ३२ जिल्ला सदरमुकामसम्म पुर्याइने नेपाल टेलिकमले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत करिब नौ अर्ब रुपियाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने बताएको छ ।   

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x