एनआसी एशिया बैंकको नयाँ शाखा धनुषाको पिडारी चोकमा

काठमाडौं, ६ जेठ । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । पिडारी चोक शाखाका स्थापित उक्त शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका हुन ।

हाल यस बैंकले मुलुकभर २ सय ८३ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत वित्तीय सेवा दिदै आउको छ । बैंकको ग्राहक संख्या भने करिब १६ लाख रहेको जनाइएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *