Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा छुट

जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा छुट

काठमाडौं, ७ जेठ । जनता बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पतालबीच स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ । धुम्बाराही स्थित ह्याम्स अस्पतालमा बैंकका ग्राहक र कर्मचारीलाई उपचारमा छुट दिन सम्झौता भएको हो ।

संझौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर.एस. भण्डारी र बैंकका ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्तगर्न सक्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सुविधा उपभोग गर्नका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटीएम कार्ड अथवा ग्राहकको पहिचान खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x