Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै 

नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै 


काठमाडौं, ७जेठ ।  नेपाल राष्ट्र बैंकले ६ अर्ब विकास ऋणपत्र बिक्रि खुला गरेको छ ।  आज तीन बजे सम्म ऋणपत्र बिक्रीका लागि बोलकवोल गर्न सकिने राष्ट्र बैकले एक सुचना मार्फत जानकारी गराएको छ ।

बिक्री हुने सो ऋणपत्रमा ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आज दिउसो तीन बजेसम्म आवेदन दिनुपर्नेछ । इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।

प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८० प्रतिशत अर्थात ४ अर्ब ८० करोड र अप्रतिस्पर्धीलाई २० प्रतिशत अर्थात १ अर्ब २० करोड छुट्याइएको छ । विकास ऋणपत्र २०८७ ’ख’ को अवधि ११ वर्ष रहेको जस अनुसार सावा भुक्तानी मीति २०८७ जेठ ८ कायम गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x