पुँजीगत खर्चको अवस्था निराशाजनक, असारे विकासको संकेत
काठमाडौ, ९ जेठ । विगत बर्षहरु झै यो बर्ष पनि पुँजीगत खर्चले अवस्था निरासाजनक देखिएकाे छ। समयमै भुक्तानी नगर्ने र आर्थिक वर्षको अन्त्यमा आएर हतारिएर बजेट खर्च गर्ने परिपाटीले यो बर्ष पनि निरन्तरता पाउने देखिन्छ । बर्षकाे अन्तिम समय असरमा आएर बजेट खर्च गर्ने प्रवृति यसपालि पनि दोहोरिने देखिको छ । चालु आर्थिक बर्ष सकिन ढेड् महिना मात्र बाकि रहेको अबस्थामा हाल सम्म ४२ दशमलब २० प्रतिशत मात्र पूँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउछ।
राजनैतिक पहूँचका आधारमा बिना तयारी बजेट विनियोजन गर्ने प्रवृत्तिले गर्दा बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकेको अर्थविद् केशव आचार्य बताउछन्। बजेट कार्यान्वयनका लागि विधि र प्रक्रियाको आवश्यक तयारी नगरी बजेट बिनियोजन गर्ने प्रवित्तिले पनि समस्या भएको उनको भनाई छ । बजेटको सफल कार्यान्वयन जन अपेक्षाको सम्बोधन गर्ने एउटा महत्वपूर्ण संयन्त्र हो। पूजीगत खर्चले देशको आर्थिक विकासमा सहयोग पुर्याउँने हुदा पूजीगत खर्च गर्न सक्ने क्षमता बढाउनु विकासको प्राप्तिको आधारशिला हो । विगत पाँच बर्षको पूँजीगत खर्चको प्रबृत्तिलाई हेर्दा पूँचीगत खर्च सरदर ७५ प्रतिशत भएको देखिन्छ।आर्थिक बर्ष शुरुहुनु अगाबै बजेट ल्याएर पुँजीगत खर्च बढाउने प्रयासले पनि फलदायी परिणाम दिन नसकेको अर्थविद् आचार्यले बताए। बर्तमान संविधानले आर्थिक बर्ष शुरु हुनु अगाबै अर्थात हरेक बर्षको जेठ १५ मा संधिय सरकारले बजेट प्रस्तुत गर्नु पर्ने बाध्यात्मक व्यबस्था गरेको छ।