Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्यटन उद्योग विकास गर्न होटल संघद्वारा आगामी बजेटका लागि सुझाव

पर्यटन उद्योग विकास गर्न होटल संघद्वारा आगामी बजेटका लागि सुझाव

काठमाडौं, ९ जेठ । होटल संघ नेपालले सरकारलाई आगामी वजेट २०७६÷७७ का लागि १२ वुँदे सुझाव दिएको छ । संघले भ्रमण वर्ष २०२० लाई सफल बनाउँन पर्यटन उद्योगको विकास गर्नु पर्ने भन्दै बजेटमा नै विभिन्न छुट दिनु पर्ने सुझाव दिएको हो ।

कर्मचारी व्यवस्थापन देखि सरकारले होटलमा प्रयोग गरिने सामाग्रीमा छुट सहितको सुझाव दिएको छ । त्यस्तै होटलहरुले खपत गर्ने कृषि उत्पादन, साना तथा घरेलु उद्योगको उत्पादनलगायत स्थानीय बजारबाटै ९० प्रतिशतभन्दा बढी आवश्यकताका वस्तुहरु उपभोग गर्ने हुँदा होटल तथा रेस्टुराँले बिक्री गर्ने खाद्यजन्य वस्तुहरुमा मूल्य अभिवृद्धि करमा छुट दिनु पर्ने पनि माग गरेको छ ।

त्यसैगरी क्यासिनो नियमावली २०७० लाई सरलीकृत गर्दै क्यासिनोको रोयल्टीलाई पुनर्विचार गर्न, होटल तथा रिसोर्ट निर्माणको लागि आवश्यक पर्ने सरसामानहरु जस्तैःसजावट, निर्माण, पाहुनाहरुको लागि सुविधायुक्त कोठामा प्रयोग गरिने सामानहरु, किचेनमा प्रयोेग हुने सामानहरु, एयर कन्डिसनर, एयर कुलर, हिटर, टिभी, फोनसेट, पर्दा, डनलप, आधुनिक पलङ, बाथरुम निर्माणमा प्रयोग हुने कमोट, बाथटप, वेसिनलगायतका सम्पूर्णमा विदेशबाट आयात गर्दा भन्सारमा कम्तीमा १५ वर्षसम्म आयकर छुटको व्यवस्था गर्नसमेत माग गरेका छन्

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x