Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रदेश ५ सरकारकाे नीति कार्यक्रम – कृषि, पर्यटन, सडक तथा सौर्य उर्जा मुख्य प्राथामिकता

प्रदेश ५  सरकारकाे नीति कार्यक्रम – कृषि, पर्यटन, सडक तथा सौर्य उर्जा मुख्य प्राथामिकता

काठमाडौं,१० जेठ ।  प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रमले कृषि, पर्यटन, सडक तथा सौर्य विद्युतलाई मुख्य प्राथामिकतामा राखेको छ । प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख उमाकान्त झाले प्रादेशिक पञ्चवर्षीय योजनामा आधारित रहेर प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धेरैजसो पुरानै कार्यक्रमहरलाइ निरन्तरता दिइएको छ । प्रदेशसभा प्रस्तुता १ सय ६८ बुँदे निति तथा कार्यक्रमले उच्च आर्थिक वृद्धीदर हासिल गर्दै समृद्धीको यात्रा तय गर्ने प्रमुख लक्ष्य बनाएको छ। पुराना घोषित कार्यक्रम तथा योजनाहरूको जोडजाड जस्तो देखिने नीति तथा कार्यक्रममा सरकारका प्राथमिकता भन्दा झिनामसिना र नियमित कामलाई नै निरन्तरता दिएको देखिएको छ। नीति तथा कार्यक्रमले चालु आर्थिक बर्षमा सम्पन्न हुन नसकेका कार्यक्रमहरुलाई नै निरन्तरता दिदैं केही नयाँ कार्यक्रमहरुको प्रस्ताव गरेको छ। कार्यक्रमले आगामी ५ वर्षमा ३ सय मेगावाट सौर्य विद्युत उत्पादन गरिने लक्ष्य राखेको छ। यसका लागि आगामी वर्षदेखि सम्भाव्यता अध्ययन गरि उत्पादन कार्यको थालनी गरिने बताईएको छ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताललाई बिशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने र प्रदेशका अन्य प्रदेशिक अस्पतालहरुमा विषेशज्ञ सेवाहरुको विस्तार गर्ने जस्ता कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटेको छ। रुकुम पुर्वमा जिल्ला अस्पताल संचालन गरिने कुरा समावेश गरिएका छन्। ‘सीपयुक्त महिला आत्मनिर्भरतामा पहिला’ भन्ने नारासहित यो वर्ष २ हजार हिलालाई विभिन्न सीपमूलक तालिम संचालन गरी टेवा पूँजी प्रदान गरिने कार्यक्रममा समावेश गरिएको छ। बातावरण, खानेपानी तथा सरफाईका बारेमा प्रदेशले प्लाष्टिक जन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्दै प्रत्यक जिल्लामा फोहरमैला प्रशोधन केन्द्र बनाउन सम्भाव्यता अध्ययन गरिने भनिएको छ। केही नयाँ कार्यक्रम बाहेक कृषि र पर्यटनमा चालु आर्थिक बर्षका कार्यक्रमहरूलाई नै निरन्तरता दिने संकेत नीति कार्यक्रमले गरेको छ। चालु वर्षमा जस्तै आगामी वर्षमा पनि थप युवालाई रोजगारी सिर्जना गरिने कार्यक्रमहरु समावेश छन्। चालु आर्थिक वर्ष र पुराना नीति तथा कार्यक्रमको निरन्तरता दिइएको छ ।

बैदेशिक लगानीको प्रवर्धन गर्न प्रदेशस्तरीय लगानी सम्मेलन गर्ने देखि लिएर प्रस्तावित महानगर क्षेत्रका नजिकका क्षेत्रलाई स्याटेलाइट सहरका रुपमा विकास गर्नेसम्मका कार्यक्रमको नालीबेली नीति तथा कार्यक्रमले समेटेको छ। प्रदेशमा संचय तथा लगानी कोषको स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिने कार्यक्रम पनि समावेश गरिएको छ। नयाँ कार्यक्रम मध्य एक निर्वाचन क्षेत्रमा एक औद्योगिक क्षेत्र निर्माण गर्ने देखि कृषि कर्मी रोजगार कार्यक्रमहरु रहेका छन्। किसानलाई आकर्षित गर्न नसकेको भनिएको करार खेति कार्यक्रमलाई परिमार्जनसहित सञ्चालन गरिनेसमेत उल्लेख गरिएको छ।

‘एक गाउँ एक उत्पादन कार्यक्रम र एक पालिका एक शीतभण्डार’ योजना अन्तर्गत यस वर्ष ३५ वटा पालिका छनौट गरी शीतभण्डार निर्माणको कार्य अगाडि बढाइने पनि कार्यक्रममा समावेश गरिएको छ। नीति तथा कार्यक्रमले निर्माणाधीन विकास परियोजनालाई सम्पन्न गर्दै चर्चामा रहेका केही परियोजना निर्माणको थालनी गर्ने संकेत गरेको छ। कार्यक्रमले तीन वर्षमा बाँकेमा प्रस्ताव गरिएको मान सरोबर आकारको पार्क निर्माण सम्पन्न गर्ने र स्वर्गद्वारीमा केबुलकार निर्माण गर्न नीजि क्षेत्रलाई पहल गरिने उल्लेख गरेको छ। कार्यक्रममा सय वर्षभन्दा पुराना सम्पदाहरूलाई ऐतिहासिक पर्यटन क्षेत्रको रुपमा विकास गरिने कार्यक्रमहरु समावेश छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x