भारतमा भाजपाको ऐतिहासिक जित, फेरि ५ वर्ष मोदीले नेतृत्व सम्हाल्ने पक्का
काठमाडौं, १० जेठ । लोकसभा चुनावमा नरेन्द्र मोदी गठबन्धनले ऐतिहासिक जित हाँसिल गरेको छ। योसँगै भारतमा फेरि ५ वर्ष मोदीले प्रधानमन्त्रीकोरुपमा सक्ताको बागडोर सम्हाल्ने पक्का भएको छ।
जारी मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३ सय ४८ सिटमा जित देखाएको छ । चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनले धेरै क्षति पुर्याउन सकेन ।
लोकसभा चुनावमा पाएको ऐतिहासिक सफलतासँगै भाजपा कार्यकर्ताले देशभर खुसी मनाएका छन् । दिल्लीस्थित मुख्यालयमा हिजो भएको कार्यक्रममा प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहले सम्बोधन गरे । मोदीले यो आफ्नो नभई लोकतन्त्रको जित भएको बताए । साथै दोस्रो पटक जितेपछि नम्रता नगुमाउने बताए ।