विराटनगर भन्सार कार्यालयलाई राजश्व संकलनको लक्ष्य भेटन कठिन
काठमाडौं,१२ जेठ । मोरङको विराटनगर भन्सार कार्यालयले चालू आर्थिक बर्ष सकिन ढेड महिना बाकि रहदा राजश्व संकलनको लक्ष्य भेटन सकेको छैन । चालु आवको १० महिनामा ३१ अर्ब ७५ करोड ७२ लाख रुपैया“ राजश्व संकलन गरेको छ । ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व संकलनको लक्ष रहेकामा लक्ष्य भन्दा कम अर्थात ७४ दशमलव ६७ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।
गत वर्ष सो अवधिमा २५ अर्ब ३० करोड ८३ लाख ५२ हजार रुपैया“ राजश्व संलकनको लक्ष्य रहेकामा २५ अर्ब ३४ करोड ५६ लाख ८४ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको वैशाखसम्म २१ अर्ब २१ करोड १० लाख ७१ हजार रुपैया“ मूल्य बराबरको सामान निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । यसैगरी एक खर्ब ३६ अर्ब ११ करोड ७१ लाख ७८ हजार मूल्य बराबरको सामान आयात भएको कार्यालयको तथ्यांक छ ।