Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सगरमाथामा आरोहीको चापले मात्र मृत्यु नभएको पर्यटन विभागको प्रष्टिकरण

सगरमाथामा आरोहीको चापले मात्र मृत्यु नभएको पर्यटन विभागको प्रष्टिकरण

काठमाडौं, १२ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत, पर्यटन विभागले सगरमाथा आरोहणका क्रममा मृत्यु भएको घटना पर्वतारोहीको चापले मात्रै नभएको स्पष्ट पारेको छ । सगरमाथा क्षेत्रमा अत्याधिक चाप भएको र त्यसले गर्दा पर्वतारोहीको मृत्यु भएको समाचार प्रकाशन, प्रशारण हुन थालेपछि विभागले उक्त वक्तव्य जारी गरेर खण्डन गरेको हो ।

‘पछिल्लो अनुकूल मौसम २१ मे देखि २४ सम्म भनिए पनि २१ मे मा आरोहण योजना बनाएका अधिकांश आरोही द्रुत हावाका कारण चौथो आधार शिविरमा दुई रात बस्न बाध्य भएको अवस्थाबारे यस क्षेत्रसँग सम्बन्धित सबैलाई जानकारी रहेकैछ ।’ विभागका तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ । ‘ यो समेत कारणले २२ र २३ मे मा सगरमाथाको चौथो शिविर र त्यो भन्दा माथि केही बाक्लो संख्यामा आरोहीहरु रहेको भए पनि मृत्यु भएका आरोहीहरुको मृत्युको एकमात्र कारण आरोहण मार्गमा रहेको चापमात्र हो भन्ने धारणा राखी प्रचार गरिनु दुःखपूर्ण छ ।’

क्तव्यमा हिमाल आरोहण आफैँमा साहसिक, जटिल र संवेदनशील कार्य भएकाले सचेतना अवलम्बन गर्दागर्दै कतिपय दुःखदायी घटनाहरु हुने गरेको उल्लेख छ। पर्वतारोहण कार्य गर्ने गराउने विभिन्न एजेन्सी र दलका साथ खटिई जाने सम्पर्क अधिकृतले दिएको जानकारी अनुसार वसन्तकालीन मौसममा हिमाल आरोहणका लागि गएका आरोही, शेर्पा र सरदारको आरोहणका लागि जाने र फर्कने क्रममा हराएका वा मृत्यु हुनेको संख्या १६ पुगेको विभागले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x