Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्र बैंकले ८ अर्वको विकास ऋणपत्र बिक्री गर्दै

राष्ट्र बैंकले ८ अर्वको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । १४ वर्ष अवधिको विकास ऋणपत्र २०९० बोलकबोल प्रक्रियाद्धारा बिक्री गर्ने भएको हो ।

ऋणपत्रको बोलकबोलको समय आज ३ बजेका लागि तोकिएको छ । ऋणपत्र निष्कासन भने भोली हुने छ । अर्धबार्षिक रुपमा व्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानीका लागि २०९० जेठ १३ गतेका लागि तोकिएकोछ ।

उक्त ऋणपत्रको खरिदमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन । राष्ट्र बैकका अनुसार खरिद गरिएको ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीहरुसँग कर्जा लिन र दिन पाइनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x