Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल चेम्वर अफ कमर्सको बजेट प्रतिक्रियाः समग्रमा बजेट उत्साहप्रद

नेपाल चेम्वर अफ कमर्सको बजेट प्रतिक्रियाः समग्रमा बजेट उत्साहप्रद

काठमाडौं, १७ जेठ । नेपाल चेम्वर अफ कमर्सले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले निजी क्षेत्रलाई उत्साहि बनाएको प्रतिक्रिया दिएको छ। बिहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी बजेट समग्रमा उत्साहप्रद भएको तर, कार्यान्वयनमा भने आशंका रहेको प्रतिक्रिया दिएको हो ।

बजेटले ८.५ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएकोमा यो लक्ष्य प्राप्त गर्न ऐन कानूनका साथै अन्य विविध पक्षहरु लगायत शासकीय सुधारमा परिवर्तन गर्न आवश्यक रहेको ठहर गरिएको छ । त्यस्तै हाल बैंकले लिने व्याजदरले लगानी तथा व्यवसायीक वातावरणमा अनुकुलता नभएकोले लगानी वृद्धि नहुँने र आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुने चेम्वर अफ कमर्सको निष्कर्ष छ ।

सरकारले पुँजीगत खर्चको लागि कूल बजेटको २६.६ प्रतिशत रकम बिनियोजन गरिएको भएपनि समयमै खर्च हुन नसके यसले विकासमा कुनै सकारात्मक प्रभाव नपार्ने चेम्वर चेम्वरको निष्कर्ष छ। सरकारले परिलक्षित गरेको ८.५ प्रतिशतको आर्थिक बृद्धिको लागि कानूनी व्यवस्थाले प्रभाव पारेको जनाइएको छ । बिद्यमान स्वदेशी श्रोतको अभिलेखीकरण गरिएमा धेरै हद सम्म स्वदेशी लगानी वृद्धिको लागि अनुकुल वातावरण सृजना हुन सक्ने आकलन गरिएको छ । त्यसको लागि सरकारले सम्पूर्ण नेपालीको पूँजी अभिलेखीकरण गरी दिएमा लगानी प्रवद्र्धन गर्न सहजता हुने चेम्बरको विश्वास छ ।

त्यसैगरी सरकारले भन्सार महसुलमा बृद्धि गरेकोले महंगी बढ्ने निश्चित रहेको जनाइएको छ । आवश्यक वस्तुहरुको भन्सार महशुल दर अधिकतम ३० प्रतिशत हुनुपर्नेमा ४० प्रतिशत कायम गरिएकोले यसले महंगी वढाउने चेम्वर अफ कमर्सले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x