Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

संसदमा बजेट माथिको छलफल सुरु

संसदमा बजेट माथिको छलफल सुरु

काठमाडौं, १९ जेठ । आगामी आर्थिक वर्ष २०७६, ०७७ को बजेटमाथि आज देखि प्रतिनिधिसभा बैठकमा छलफल सुरु भएको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटको राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गरेसँगै छलफल सुरु भएको हो ।

छलफल तीन दिनसम्म चल्नेछ। जेठ १५ गते सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए । छलफलका क्रममा सांसदले बजेटमाथि उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिनेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x