Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशिया बैंकमा खाता खोल्दा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवा पाइने

एनआईसी एशिया बैंकमा खाता खोल्दा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवा पाइने

काठमाडौं, २२ जेठ । एनआईसी एशिया बैंकले मुस्लिम समुदायको चाड ईद–उल–फितरका अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत उक्त बैंकका जुन सुकै शाखामा आजदेखि ३० गतेसम्म खाता खोल्दा ग्राहकले सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहकहरु लाभांविन्त हुने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हाल बैंकले देशभर २ सय ८४ शाखा कार्यालय, २ सय ९१ एटीएम, ४३ वटा एक्स्टेन्सन काउन्टर र ३१ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x