Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

इन्फिनिटी लघुवित्तको आईपीओ बाँडफाँड

इन्फिनिटी लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौं, २२ जेठ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार ६२ हजार ९९३ जनाले १० कित्ता सेयर पाएका छन् ।

आईपीओमा ३ लाख २९ हजार ७ सय ६ ले ६९ लाख ४७ हजार १५० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये ३ लाख २९ हजार ०७९ जनाले भरेका ६९ लाख २९ हजार ९१० कित्ता सेयर सदर भएको छ भने बाँकी ६२७ जनाले भरेको १७ हजार २४० कित्ता सेयर विभिन्न कारणले रद्ध भएको क्यापिटलले जनाएको छ ।

सदर भएको सेयर मध्ये ६२ हजार ९९३ जनालाई १०,१० कित्ताका दरले ६ लाख २९ हजार ९३० कित्ता बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएका छन् । बाँकी २ लाख ६६ हजार ०८६ जनाले संस्थाको एक कित्ता सेयर पनि पाएका छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x