Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

निर्यातजन्य बस्तुलाई बजेटले नसमेटेको व्यवसायीको गुनासो

निर्यातजन्य बस्तुलाई बजेटले नसमेटेको व्यवसायीको गुनासो

काठमाडौं, २२ । सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि संसदमा पेस गरिएको बजेटले निर्यातजन्य बस्तुलाई समेट्न नसकेको भन्दै व्यवसायीहरुले गुनासो गरेका छन् । विभिन्न ११ निर्यातजन्य बस्तुगत संघले राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरि सरकारले बस्तु निर्यातमा प्राथमिकता दिने बताएपनि आगामी आर्थिक वर्षको बजेटमा व्यवसायीहरुले राखेका मागलाई सम्बोधन गर्न नसकेकोमा गुनासो गरेका हुन ।

पत्रकार सम्मेलनमा नेपाल गलैंचा उत्पादन तथा निर्यातकर्ता संघका अध्यक्ष रामबहादुर गुरुङ्गले उद्योगधन्दाको विकास गरेर निर्यातमा जोड दिनु पर्ने बताए । उनले भने–‘मान्छे बेचेर मात्र विकास हुँदैन, विकास गर्नको लागि निर्यातजन्य उद्योग धन्दाको विकास आवश्यक छ ।’

त्यसैगरी नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष चण्डी प्रसाद अर्यालले बजेटले व्यापारीको सुनुवाई नगरेको र व्यापारीहरुबीच प्रतिस्पर्धा गर्ने वातावरण बनाउँन नसक्ने जानकारी दिए । यो स्थितिमा आएको बजेटले राज्यको १५ खर्बको व्यापार घाटालाई रोक्न नसक्ने उनको भनाई थियो । त्यस्तै चालु आर्थिक वर्षमा सरकारले दिने भनेको ३ देखि ५ प्रतिशसम्मको नगद अनुदान हालसम्म नदिएकोमा पनि व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x