Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मुक्तिनाथ विकास बैंकद्वारा आफ्ना ग्राहाकलाई व्यवसायिक साक्षरता तालिम

मुक्तिनाथ विकास बैंकद्वारा आफ्ना ग्राहाकलाई व्यवसायिक साक्षरता तालिम

काठमाडौं, २४ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहाकहरुलाई व्यवसायिक साक्षरता तालिम दिएको छ । बैंकले ‘आजको आवश्यकता, ग्राहकहरुमा व्यवसायिक साक्षरता’ भन्ने मुल नाराका साथ उक्त व्यवसायिक साक्षरता तालिम काठमाडौंमा सम्पन्न गरेको हो ।

व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसायदर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु,बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मूल्य अभिबृद्धि कर, उद्यमशिलतालगायतको विषयबस्तुहरु समावेश गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त तालिममा बैंकसँग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागीता रहेको बैंकले जनाएको छ । हाल बैंकले देशैभरी १ सय १९ वटा शाखा, २२ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x