Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

कोरियन भाषाको परीक्षा आज र भोली

कोरियन भाषाको परीक्षा आज र भोली

काठमाडौं, २५ जेठ । रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाका लागि आज र भोलि भाषा परीक्षा हुने भएको छ। परीक्षार्थीले काठमाडौं र पोखराबाट भाषा परीक्षा दिने छन्। भाषा परीक्षाका लागि यसपटक ९२ हजार ३ सय ५६ युवाले फर्म भरेका थिए। यो संख्या २००८ पछिकै सबैभन्दा बढी हो ।

चैत ८ देखि दश दिनसम्म खुलेको आवदेनमा युवाहरूले अनलाइन प्रणालीबाट फर्म भरेका थिए। आगामी वर्ष अर्थात् सन् २०२० का लागि सञ्चालन भएको परीक्षाबाट कोरियाले १० हजार ५० युवालाई छनोट गर्नेछ। यस मध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० छानिने छन् भने कृषि क्षेत्रमा ३ हजार युवाको नाम प्रकाशित हुनेछ।

परीक्षाको नतिजा असार १३ मा प्रकाशित हुनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *