Shangrila

प्रधानमन्त्री ओली साताव्यापी युरोप भ्रमणमा जादै

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आज देखि युरोप भ्रमण जादै छन् । ८ दिने भ्रमणका लागि प्रधानमन्त्री आज साँझ युरोप प्रस्थान गर्नेछन्।

प्रधानमन्त्री ओली स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्रीको युरोप भ्रमण स्विटजरल्याण्डको जेनेभाबाट सुरु हुनेछ। अन्तर्राष्ट्रिय श्रम संगठनको एक सयौ वार्षिकोत्सवलाई प्रधानमन्त्री ओलीले जेठ २७ गते जेनेभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सोही दिन बेलायत पुग्ने प्रधानमन्त्रीले ३ दिन बेलायतमा बिताउनेछन्।

जेठ २८ मा बेलायती प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यसअघि बेलायतमै जेठ २७ मा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। जेठ २९, ३० र ३१ गते फ्रान्सको भ्रमण गरी १ गते स्वदेश फर्कने कार्यतालिका
रहेको छ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *