Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राष्ट्र बैंकको रिक्त ५ विभागले आज नयाँ कार्यकारी निर्देशक पाउदै, नियमन तथा सुपरिवेक्षणको जिम्मेवारी निरौलालाई दिइने

राष्ट्र बैंकको रिक्त ५ विभागले आज नयाँ कार्यकारी निर्देशक पाउदै, नियमन  तथा सुपरिवेक्षणको जिम्मेवारी निरौलालाई दिइने

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकको रिक्त रहेको ५ कार्यकारी निर्देशकको जिम्मेवारी आज तोकिने भएको छ। १७ कार्यकारी निर्देशक मध्ये ५ कार्यकारी निर्देशकले यही जेठ २५ गते देखि अनिवार्य अवकास पाएपछि उनीहरुको स्थानमा नयाँलाई जिम्मेवारी दिन लागिएको हो । आज साँझ सम्म जिम्मेवारी तय गर्ने जानकारी प्राप्त भएको छ।

३० वर्षे सेवा अवधि पूरा कार्यकारी निर्देशकहरु नारायण पौडेल, नरबहादुर थापा, जनक अधिकारी, भिष्मराज ढुंगाना र झलक शर्माले अवकास पाएका हुन ।

स्रोतका अनुसार बैंक तथा वित्तीय संस्था नियमन तथा सुपरिवेक्षण विभागको जिम्मेवारी हाल मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई दिइने छ । जेष्ठता र अनुभवका आधारमा उनलाई सो विभागको जिम्मेवारी दिन लागिएको हो । यसअघि सो विभागको जिम्मेवारी नारायण पौडेलले सम्हालेका थिए ।

त्यस्तै अन्य चार विभागमा भने बरिष्ठताका आधारमा निर्देशकलाई कामु कार्यकारी निर्देशकमा बढुवा गरि जिम्मेवारी दिइने छ । निर्देशकहरु सरिता भट्ट (अधिकारी), नरेश शाक्य, डा.प्रकाश श्रेष्ठ र बमहादुर मिश्रलाई चार विभागको जिम्मेवारी दिने स्रोतले जानकारी दिएको छ। भट्टलाई विदेशी विनिमय विभाग, शाक्यलाई लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागको जिम्मेवारी दिइने स्रोतले जनाएको छ । तर श्रेष्ठ र मिश्रलाई राष्ट्र ऋण र बैंकिङ कार्यालय माध्ये कसलाई कुनको जिम्मेवारी दिने भन्नेबारे टुंगो लागिसकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x