जनउत्थान सामुदायिक लघुवित्तको बुक क्योज

काठमाडौं, ९ पौष । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सातौं वार्षिक साधारण सभा पौष ३० गते बस्ने भएको छ । उक्त साधारण सभामा लघुवित्तले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने बताएको छ ।

लघुवित्तले लाभांश प्रयोजन र वार्षिक साधारण सभाका लागि पौष १८ गते ३० गतेसम्मका लागि शेयर दर्ता किताव बन्द गर्ने जनाएको छ । लघुवित्तको शेयर पौष १७ गतेसम्म शेयर किन्ने शेयरलगानीकर्ताहरुले प्रस्तावित बोनस शेयर सुरक्षित गर्नेछन् ।
सोहि साधारण सभामा लघुवित्तले बोनस शेयर पछि १ बराबर १ कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव लाँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *