Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बेष्ट फाइनान्सको २ लाख ९० हजार २ सय कित्ता सेयर लिलामीमा

बेष्ट फाइनान्सको २ लाख ९० हजार २ सय कित्ता सेयर लिलामीमा

काठमाडौं, ९ पुस । बेष्ट फाईनान्स कम्पनी लिमिटेडले दुई लाख ९० हजार २ सय कित्ता सेयर लिलामीमा बिक्री गर्दै छ । कम्पनीले संस्थापक तर्फ एक लाख ७ हजार ४० र सर्वसाधारण तर्फ १ लाख ८३ हजार १ सय ९६ गरि दुई लाख ९० हजार २ सय कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

इच्छुकले यही पुस १२ गते सम्म ग्लोवल आइएमई क्यापिटल लिमिटेडको कार्यालय जमल र उपत्यका बाहिर विरगंज, बिराटनगर, पोखरा, बुटबल, नेपालगंज, सुर्खेत र धनगढीबाट भने ग्लोबल आइएमई बैंकको शाखा कार्यालय मार्फत आवेदन दिन सक्ने छन् ।

कम्पनीले यसअघि भद्रौ २७ र कात्तिक १२ गतेको समयसिमा तोकेर हकप्रद सेयर बिक्रि खुला गरेको थियो । गैरआवासीय नेपालीहरुद्वारा प्रवद्धित यस कम्पनीको सेयरु लिलामि पश्चात चूक्ता पूँजी २९ करोड ७५ लाख रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x